
अष्ट्रेलिया । अष्ट्रेलियामा लागेको आगोमा यहाँ करिब ५० करोडको हाराहारीमा जनावार र पुशपंक्षी मरिसकेका भन्ने अनुमानका सामाचारहरु हाल विश्वभर प्रसारित भइरहेका छन् ।
यो आंकडा युनिभर्सिटी अफ सिड्नीका अष्टे«लियन जैविक विविधताका ज्ञाता प्राध्यापक क्रिस डिकम्यानमार्फत् सार्वजनिक भएको हो ।
यो अनुमानित आंकडा विश्वभर फैलिन थालेपछि उनले यो संख्या कसरी निकालियो भन्नेबारे सार्वजनिक गरेका छन् ।
जसमा उनले उक्त संख्या मृत्यु भएका जनावारहरुको मात्रै नभइ डढेलोले प्रभावित सबै जनावर र पशुपंक्षीसमेत भएको खुलस्त पारेका छन्।
यद्यपी उनले सार्वजनिक गरेको प्रतिक्रियामा भने करिब ४८ करोडकै मृत्यु भएको भनिएको छ ।
उक्त संख्या उनले सन् २००७ मा प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ) का लागि न्यु साउथ वेल्स (एनएसडब्लु)मा कृषि भूमि विस्तार गर्ने क्रममा भएको वन र अन्य झाडीहरु हटाउने प्रकृयाले वन्यजन्तु र पशुपंक्षीको वासस्थानमा परेको असरसम्बन्धी एक प्रतिवेदनमा आधारितमात्रै हो भनेका छन् ।
“करिब १० दिन अघिसम्ममा एनएसडब्लुको मात्रै करिब ३० लाख हेक्टरमा आगो लागेको अनुमानमा हामीले करिब ४० करोड ८० लाख जनवार, पशुपंक्षी र अन्य जीवहरु त्यसबाट प्रभावित भएको हुनसक्ने अनुमान गरेका हौ,” प्राध्यापक डिकम्यानले बीबीसीसँग भनेका छन् ।
“पक्कै पनि कंगारुलगायतका ठूला जनावर र धेरै चराचुरुङ्गीहरु आगो लागेको ठाउँबाट अन्यत्र भागेर ज्यान जोगाउन पनि सक्छन्, तर मेरो अनुमानमा साना र धेरै छिटो हिँडडुल गर्न नसक्ने प्रजातिहरु भने यो आगोको घेराबाट उम्कन सक्दैनन्,” उनले भने, “आगोबाट भागेर बाँचे पनि कालान्तरमा खानाको अभावबाट ती प्रजातिहरु पनि मर्ने नै छन् ।”
युनिभर्सिटी अफ न्यूयोर्कका जैविकचक्रका अध्येता कोलिन वियलले भने त्यो संख्या अलि धेरै नै बढाइ चढाइ गरिएको बीबीसी रियालिटी चेकलाई बताएका छन् ।
“मैले काम गर्ने अफ्रिकी क्षेत्रमा अष्टे«लियाको जस्तै आगोबाट मर्ने चराचुरुङीको संख्या एकदमै न्यून हुने गरेको पाएको छु । त्यसैले अष्ट्रेलियामा पनि त्यस्तै नै हो,” उनले भनेका छन् ।
एनएसडब्लुको क्षतिका बारेमा मात्रै यी अनुमानित तथ्यहरुले बोलेकाले पनि संख्यामा शंका गर्ने ठाउँ भने रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
“घनत्वको अधारमा गरिने अनुमान धेरै प्रजातिका सम्बन्धमा उपलब्ध हुँदैनन् । उनीहरुको अनुमान तथ्याङक उपलब्ध भएका अन्य प्रजातिको घनत्वलाई आधार मानेर गर्नुपर्ने हुन्छ,” युनिभर्सिटी अफ रिडिङका अर्का प्राध्यापक टम ओलिभरले रियालिटी चेकसँग भनेका छन्, “घर्षणधारी जनवारहरुको घनत्वको तथ्याङक केबल एउटा अध्ययनबाटमात्रै उपलब्ध छ जसले एक हेक्टरमा एक प्रजातिका करिब १० संख्या रहेको हुनसक्ने अनुमान गरेको छ ।”
बिबिसी रियालिटी चेक