site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्ली विधानसभा निर्वाचन ८ फेब्रुअरीमा 

नयाँ दिल्ली । दिल्ली विधानसभा निर्वाचन ८ फेब्रुअरीमा हुने भारतीय निर्वाचन आयोगले घोषणा गरेको छ । मतगणना फेब्रुअरी ११ मा हुने भारतीय निर्वाचन आयोग प्रमुख सुनिल अरोराले जानकारी दिए ।  

दिल्ली विधानसभाको कार्यकाल फेब्रुअरी २२ मा सकिन लागेकोले ७० सिटका लागि उक्त निर्वाचन हुन लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिल्लीका मुख्यमन्त्री अरभिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले सन् २०१५ मा भारी बहुमतका साथ चुनाव जितेको थियो । सन् २०१५ मा आम आदमी पार्टीले ६७ सिट जितेको थियो भने बाँकी सिट भारतीय जनताले पार्टीले जितेको थियो । कांग्रेस शून्यमा झरेको थियो । 

निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभाका लागि १ करोड ४६ लाख ९२ हजार १३६ जना मतदाता छन् । निर्वाचनका लागि ९० हजार कर्मचारी खटाइनेसमेत आयोगले जनाएको छ । हिन्दुस्तान टाइम्स

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्