
जाग्रेब । क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका जोरान मिलानोभिक विजयी भएका छन् । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा सोसल डेमोक्रेटिक उमेदवार मिलानोभिक ५२ दशमलव ७ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।
उनले कन्जरभेटिभकी उमेदवार रहेकी कामु राष्ट्रपति कोलिन्दा ग्राबर किटारोभिकलाई पराजित गरेकी हुन् । उनले ४७ दशमलव ३ प्रतिशत मत प्राप्त गरेकी थिइन् । उनले अलग-अलग भएका दक्षिणपन्थीलाई मिलाउन खोजे पनि चुनावी परिणाम भने आफ्नो पक्षमा पार्न सकिनन् ।
क्रोएसियाको निर्वाचन आयोगका अनुसार ५५ प्रतिशत मत खसेको थियो । राष्ट्रपतिको चुनावी अभियानका क्रममा ग्राबर-किटारोभिकले क्रोएसियलाई 'वास्तिक क्रोएसिया' बनाउने बताएकी थिइन् ।
तर, मिलानोभिकले भने उक्त अभिव्यक्तिको खण्डन गर्दै किटारोभिकको अभिव्यक्ति 'निकै खतरानाक' हुने भएकोले आफू सामान्य क्रोएसिया बनाउने पक्षमा रहेको बताएका थिए । उनले जनतालाई समानता प्रदान गर्ने स्वतन्त्र प्रजातन्त्र स्थापना गर्ने प्रतिबद्धता गरेका थिए । - अलजजिरा