site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुलेमानीकी छोरीको चेतावनी, 'अमेरिकी सेनाका परिवारले मृत्यु पर्खिरहेका छन्'

तेहरान । इरानी सैनिक कमान्डर कासिम सुलेमानीकी छोरीले आफ्नो बुवाको मृत्युले अमेरिका र इरानका लागि कालो दिने निम्त्‍याउने चेतावनी दिएकी छन् । उनले ई-प्रतिरोधी मोर्चामा थप आक्रोश पैदा गर्न र त्यसले अमेरिका र इजराइलका लागि कालो दिन निम्त्याउने र मध्यपूर्वी क्षेत्रमा खटिएका अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेको बताएकी छन् । 


जिनाब सुलेमानीले आफ्नो बुबाको अन्तिम संस्कारका लागि तेहरान विश्‍वविद्यालयमा उपस्थित भीडलाई सम्बोधन गर्दै सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शत्रुतापूर्ण योजनाअनुसार सुलेमानी र इराकी मिलिसिया कमान्डर अबु महदी मुहान्दीको हत्या गरी इरान र इराकबीच दरार पैदा गर्न खोजेको बताइन् । 

उनले भनिन्, "ट्रम्प तिमी साँच्चिकै जुवाडे हौं । सुलेमानी र अब महदीको हत्याको रणनीतिक गल्तीले इरान र इराकलाई अलग पार्ने खराब योजना असफल भएको छ । यसले दुई मुलुकबीचको आपसी मनमुटावलाई अन्त्य गर्दै ऐतिहासिक एकता कायम गरेको छ ।" 

"ए, पागल ट्रम्प, तिमी मूर्ख हौं र तिमी अन्तर्राष्ट्रिय यहुदीको खेलौना हौं," उनले थपिन्, "यस प्रकारको जघन्‍य अपराधले अमेरिकी अपराधिक र धम्कीपूर्ण भावना अभिव्यक्त गरेको छ । यस घटनाले प्यालेस्टाइनको भूमिमा गराएको रक्तपातलाई पनि ओझेलमा पारेको छ ।" 

गत बिहीबार अमेरिकी सैन्य हमलामा सुलेमानी र अबु महेदीसहित अन्य सैन्य जवानको हत्या गरेको थियो । सोमबार उनको अन्तिम संस्कारमा हजारौं मानिसको उपस्थिति थियो । -सीएनएन

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १५:३२
प्रतिक्रिया दिनुहोस्