विदेश

वाशिङटन । केन्याको अमेरिकी बेसमा आइतबार भएको आतंककारी हमलामा तीन अमेरिकी मारिएका छन् ।
मारिनेमा एकजना अमेरिकी सर्भिस मेम्बर र दुई जना ठेकेदार रहेका छन् । सो आक्रमण अल शबाबले गराएको अमेरिकी रक्षा मन्त्रालयको युएस अफ्रिका कमान्डले जनाएको छ ।
अन्य दुई जना अमेरिकी घाइते भएकोमा उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ । सो आक्रमण केन्याको मन्डा बेमा भएको थियो । सो बेस युएस स्पेसल अपरेसन फोर्सले प्रयोग गरिरहेको छ । मारिएका अमेरिकीहरुको नाम भने सार्वजनिक गरिएको छैन । (सीएनएन)
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६ ०९:२९
प्रतिक्रिया दिनुहोस्