site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतका विदेशमन्त्रीले गरे अमेरिका र इरानका विदेशमन्त्रीसँग वार्ता

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी हवाई हमलामा इरानका सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरानका विदेशमन्त्री जब्बाद जरिफ र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओसँग आइतबार कुराकानी गरेका छन् ।

यसबारेमा  भारतका विदेशमन्त्री जयशंकरले ट्विट गर्दै जानकारी गराएको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैभन्दा पहिला उनले इरानका विदेशमन्त्री जरिफसँग कुराकानी गरेका थिए ।उनले तनावको स्तरलाई लिएर भारत गहिरो चिन्तामा भएको सो अवसरमा बताएका थिए ।

यसको केही घण्टापछि जयशंकरले अमेरिकाका विदेशमन्त्रीसँग कुरा गरेको ट्विटमार्फत जानकारी गराएका छन् । उनले अमेरिकी विदेशमन्त्रीलाई भारतको चिन्ताको बारेमा जानकारी गराएको बताएका छन् । 

भारतका विदेशमन्त्रीसँगको कुराकानीका बारेमा पम्पेओले पनि  ट्विट मार्फत जानकारी दिएका छन् ।उनले इरानको खतरा र उक्सावटलाई लिएर आफूले भारतीय विदेशमन्त्रीसँग कुरा गरेको ट्विटमा जनाएका छन् । उनले भनेका छन्, “ट्रम्प प्रशासन अमेरिकी, उसका मित्र र सहयोगीलाई सुरक्षित राख्नका लागि कुनैपनि काम गर्न संकोच मान्दैन ।” (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०९:१९
प्रतिक्रिया दिनुहोस्