site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानद्वारा आणविक सम्झौता नमान्ने घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तेहरान । अमेरिकाको साथ बढ्दो तनावपछि इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको छ । 

एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्ने कुनै पनि प्रावधान पालना नगर्ने जनाएको छ ।

तेहरानमा इरानको मन्त्रिमण्डलको बैठकपछि यो वक्तव्य सार्वजनिक भएको हो । इराकमा अमेरिकी एयर स्ट्राइकमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि मध्यपूर्वमा युद्ध मडारिने आशंका बढीरहेको बेलामा इरानले पछिल्लो घोषणा गरेको हो । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०७:३६
प्रतिक्रिया दिनुहोस्