site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘पोकेमन गो’ ले सेनालाई पनि हैरानी !

बीबीसी । हालै सार्वजानिक एक रिपोर्टमा मोबाइल गेम ‘पोकेमन गो’ का कारण क्यानडेली सेनाहरुले गनुपरेको संघर्षबारे खबर गरेको छ । उक्त गेम लन्च भएदेखि सेनाहरुले थुप्रै समस्याको समाना गर्नुपरेको रिपोर्टमा उल्लेख छ । २०१६ मा लन्च भएको यस मोबाइल गेममा खेलाडीले विभिन्न ठाउँबाट भर्चुअल पोकेमन पकड्नुपर्ने हुन्छ । यस्तोमा सर्वसाधारणहरु पोकेमन गो खेल्ने क्रममा सेनाद्वारा निषेधित क्षेत्रमा प्रवेश गर्नबाट पनि पछि नहटेको पाइएको हो । 

सेनाहरुका प्रमुख क्षेत्र नै खेलाडीहरुका लागि पोकेजिम वा पोकेस्टप अर्थात अधिक पोकेमन भएको स्थान बन्न पुगेपछि मानिसहरु अवैधानिक रुपमा प्रवेश गर्ने घटना वृद्धि भएको हो । सो रिपोर्ट राष्ट्रिय प्रशारक सिबीसीलाई प्रस्तुत गरिएको थियो जसपछि समाचार संस्थाले २०१६ को जुलाइमा गेम सार्वजानिक भएको आठ दिनमा देशभरका थुप्रै सेना क्षेत्रमा पुलिसहरुले सर्वसाधारणलाई चेतावनी दिनुरेको पत्ता लगाएको हो । यसरी तीन वर्षसम्ममा क्यानडेली सेनाले सिबिसीलाई यस किसिमका घटनाको ५०० पाना रिपोर्ट बुझाइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही मानिसहरु त भ्यान लगायत गाडीमार्फत मध्य रातमा समेत आउने गरेको पाइएको थियो । तर अपराधीको आशंका गरिएका ती मानिसहरु स्मार्टफोनमा गेम खेलेर बसेको अवस्थामा फेला परेपछि सेना नै द्विविधामा पर्ने गरेका हुन् । यसरी गेमभित्र धेरै भन्दा धेरै पोकेमन पाइने भनेर उल्लेख गरिएका ठाउँहरु वास्तवमा सार्वजानिक नभएर निषेधित भएकाले नै समस्या उत्पन्न भएको थियो । यस्तोमा सेनाहरुले अचानक प्रतिबन्धित क्षेत्रमा दैनिक अवैध रुपमा प्रवेश गर्ने प्रयास गरिरहेकाहरुलाई पक्राउ गर्ने गरेको कोलोनेल पेटावावाले लेखका छन् । उनले भने, “हामीले यसै कारण सबैतर्फका सैन्य क्षेत्रमा झन्डै १२ अतिरिक्त सेनाहरु खटाउनुपरेको थियो । ”

यसैगरी अर्को आश्चर्यजनक घटनामा चाहिँ एक महिला आफ्ना तीन छोराछोरीसँग मिलेर ट्याङ्क माथि चढ्दै पोकेमन गो खेलिरहेकी थिइन् । त्यस्तै अर्का एक व्यक्तिले पनि आफ्नो छोरालाई सो खेलमा हराउनेपर्ने भन्दै सैन्य क्षेत्र नजिकै हिँडिरहेका थिए । यस्तोमा पोकेमन गो बढी खेलिने प्रत्येक साइटमा तीन अतिरिक्त सेना तैनाथ गराइएको थियो ।

त्यो समयमा क्यानडा मात्र नभएर विश्वभर यस किसिमका घटना चर्चामा आइरहेका थिए । जस्तै बेलायतमा मात्र गेम लन्च भएको एक महिनापछि पुलिसले दुर्घटना, अवैधानिक प्रवेश जस्ता सयौँ घटनाबारे खबर गरेको हो । यसबीच अमेरिकी रक्षा विभाग पेन्टागनले सरकारी कामदारहरुको फोनमा यो गेममाथि प्रतिबन्ध समेत लगाएको थियो । यसरी अहिले यो खेल पहिले जति लोकप्रिय नभएपनि अझै केही खेलाडीहरुले समस्या खडा गरि नै रहेको डक्युमेन्टमा लेखिएको छ ।  
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०६:४३
प्रतिक्रिया दिनुहोस्