site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्यान्डसम्म पुग्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अकल्यान्ड । अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्यान्सम्म पुगेको छ । 

डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्यान्डको अकल्यान्ड सहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्यान्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्यान्डका अधिकारीहरुले जनाएका छन् ।  

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २२:००
प्रतिक्रिया दिनुहोस्