site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले किन राख्यो मश्जिदमा रातो झण्डा ?

तेहरान । इरानका सैनिक कमाण्डर कासिम सुलेमानी गएको बिहीबार अमेरिकी आक्रमणमा मारिएपछि इरानले अमेरिकाविरुद्धमा आक्रामक रुप प्रस्तुत गरिरहेको छ ।

यसैबीच इरानको कौमस्थित प्रमुख मश्जिदमाथि रातो झण्डा फहराइएको छ । इरानको सरकारी टेलिभिजनले पवित्र शहर कौममा रहेको जमकारन मश्जिदमा रातो झण्डा लगाएको देखाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिया समुदायमा यसको मतलब बदलाको कारवाही वा युद्धको घोषणा । सो मश्जिदमा रातो झण्डा राखिएपछि लाउडस्पिकरबाट आशिर्वाद माग्दै भनिएको थियो,‘‘हे अल्लाह, आफ्नो रखवालालाई फेरि दुनियाँ समक्ष पठाउनुस ।’’

यसको अर्थ पैगम्बर मोहम्मदको दोस्रो पटक पदार्पणका लागि अनुरोध गरिएको हो । इश्लामी मान्यताअनुसार आखिरी समयमा धर्तिमा भएको अत्याचारको अन्त्यको लागि पैगम्बर दोस्रो पटक आउने विश्वास गरिन्छ ।

शनिबार इरानका सर्बोच्च नेता आयोतोल्लाह अली खोमेनीले मारिएका कमाण्डर सुलेमानीका परिवारलाई भेटेका थिए । उनले सो अवसरमा हत्याको बदला लिइने जनाएका थिए । (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १०:३९
प्रतिक्रिया दिनुहोस्