site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुलेमानीको स्थानमा इरानले तोक्यो नयाँ कमान्डर

तेहरान । इरानले गत बिहीबार अमेरिकाद्वारा मारिएका सैनिक कमान्डर  कासिम सुलेमानीको जिम्मेवारी हेर्नेगरी नयाँ कमान्डर इस्मेइल घानीलाई तोकेको छ । उनी इराकसँगको ८ वर्ष लामो युद्धमा सन् १९८०को दशकमा सामेल थिए । त्यसपछि स्थापना भएको कुड्स फोर्समा पनि उनी सामेल थिए ।

इरानले बिहीबारको घटनालाई लिएर बदला लिने घोषणा गरेकै समयमा नयाँ कमाण्डरको समेत घोषणा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुड्स फोर्स १ लाख २५ हजार बलियो रिभुलस्नरीको समूह हो ।  सो समूह इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमिनीप्रति मात्रै जवाफदेही हुने गरेको  छ । 

यद्यपि ६२ वर्षिय घानीको बारेमा विस्तृत जानकारी भने दिइएको छैन । (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १०:०६
प्रतिक्रिया दिनुहोस्