site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्ध नगर्न आग्रह गर्दै ह्वाइट हाउस अगाडि प्रदर्शन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । गएको बिहीबार अमेरिकी आक्रमणमा इराकमा मारिएका कासम सुलेमानीको घटनालाई लिएर अमेरिकाको राजधानी वाशिङटनमा विरोध प्रदर्शन भएको छ ।  ‘मध्यपूर्वबाट अमेरिका बाहिर आउ’ भन्ने नारासहित त्यहाँ प्रदर्शन भएको हो । 

प्रदर्शनकारीले ह्वाइट हाउसको बाहिर नै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले इरानमाथि युद्ध नगर्न र इराकमा बम नहान्न आग्रह गरेका छन् ।

सुलेमानी गएको बिहीबार बगदादस्थित अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर मारिएका थिए । (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १०:०१
प्रतिक्रिया दिनुहोस्