विदेश

बेइजिङ । चीनले हङकङसँगको सम्बन्ध मामिलामा आफ्ना अफिसियल इन्चार्जलाई बर्खास्त गरेको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार वाङ झिमिन नामका हङकङका लागि लियाजो कार्यालयका निर्देशकलाई चीनले बर्खास्त गरेको हो ।
सिन्ह्वाका अनुसार उनको स्थानमा लुओ हुइनिङ नियुक्त गरिएका छन् । लुओ उत्तरी प्रान्त शाङ्सीका कम्युनिस्ट पार्टीका सचिव हुन् । पुराना प्रतिनिधिको बर्खासी हङकङमा जारी आन्दोलनसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
कार्यकारी प्रमुख केरी लेमलाई भने बेइजिङले अझैपनि समर्थन गरिरहेको छ । स्थानीय बासिन्दाले भने कार्यकारी प्रमुखको विगत ६ महिनादेखि नै उनको राजीनामा मागिरहेका थिए । (बीबीसी)
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६ ०९:०९
प्रतिक्रिया दिनुहोस्