site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यी हुन् सन् २०२० बारे गरिएका गलत भविष्यवाणी 

एजेन्सी । २१ औँ शताब्दीको तेस्रो दशकमा आइपुग्दासम्म पृथ्वी र मानव जीवनशैलीमा धेरै परिवर्तन आइसक्ने विज्ञहरुको अनुमान थियो । 

सरी उनीहरुले सन् २०२० मा मानिसहरुले हजारौँ मिल टाढा बसेका आफ्ना परिवारलाई भर्चुअल रुपमा अंकमाल गरि केहि दिनका लागि चन्द्रमामा ‘होलिडे’ मनाउन जाने, अनि ‘प्लुटो’ ग्रहमा अवतरण गरिसक्ने देखि रोबोटलाई कपडा, जुठा भाँडा धुन लगाउने र सबै मान्छे १५० वर्षसम्म बाँच्न सक्नेसम्मका भविष्यवाणी गरेका थिए जसलाई पूरा हुन अझै लामो दशक पर्खिनुपर्ने देखिएको छ । 

तर कतिपय आंकलनहरु त्यो समयका वैज्ञानिकहरुले निकै विश्वासका साथ पूरा हुने दाबी गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वयुद्ध समाप्त भइसकेपछि सबै प्राविधिक विज्ञ र भविष्यविद्हरुले रोबोट र आर्टिफिसियल इन्टेलिजेन्स २०२० सम्ममा हाम्रो दै्रनिक जीवनको हिस्सा बन्ने बताएका थिए भने शारीरिक कामकाजहरु सबै रोबोटले सम्हाल्ने छन् भनेर एलन युनिभर्सिटीले २००६ मा उल्लेख गरिएको छ । 

तर यसबीच भएको आर्थिक मन्दीका कारण रोबोटहरुको क्रान्तिमा ढिलाइ भएपछि यी सबै उपलब्धी हासिल गर्न नसकिएको बताइएको छ । 

यता बेलायती भविष्य विद् इआन पियरसनले पनि २००५ मा एक पत्रिका दैनिकसँगको कुराकानीमा मान्छे भन्दा अधिक बुद्धिमानी र सचेत कम्प्युटर निर्माण हुने बताएका थिए । उनले भनेका थिए, “जस्तै कि म कुनै विमानमा सवार छु भने म भन्दा बढी मेरो कम्प्युटरलाई विमान दुर्घटना हुनेबारे बढी डर लाग्नेछ । ”

तर २०२० मा प्रवेश गरिसकेपछि पनि हामी त्यो चरणको प्राविधिक विकाससम्म पुग्न सकेका छैनौँ । 

पियरसनले यसै महिना सिएनएनसँगको कुराकानीमा भने, “मैले साचेको गतिमा हामीले प्रगति गर्न सकेनौँ । तर यस शताब्दीको सुरुवातमा एआइको विकास वास्तवमै अत्यन्तै तिव्र गतिमा भएको थियो जसकारण नै हामीले २०१५ सम्ममा मानसिक सचेतना भएका बुद्धिमानी मसिनहरु आविस्कार हुने भविष्यवाणी गरेका हौँ । अहिले हामीले अपेक्षा गरे भन्दा ३० देखि ४० प्रतिशत सुस्त गतिमा एआइको विकास भइरहेको छ । ”

त्यस्तै पियरसनले २००९ मा हामीले २०२० पछि स्वास्थ्यबारे निरीक्षण गर्न छालामा प्रिन्टेड इलेक्ट्रोनिक लगाउने पनि बताएका थिए । 

यसबारे उनी अहिले भन्छन्, “सो प्रविधि त्यति कठिन होइन र २० वर्ष अगाडि नै हामीले त्यो देख्न पाउने थियौँ तर अहिले हामीसँग सो क्षेत्रमा काम गर्ने पर्याप्त इन्जिनियर र कम्पनीहरु छैनन् ।” 

ता पनि पियरसनले गरेका ८५ प्रतिशत अरु भविष्यवाणी भने सत्य साबित भएका छन् जसमा उनले मान्छेहरुले टेक्स म्यासेजमार्फत कुरा गर्ने र सोसल मिडियाबाट फोन गर्न सकिने बताएका थिए ।

यता जलवायु परिवर्तनप्रति अहिलेका मानिसहरुको चिन्ताबारे भने पियरसनले आश्चर्य व्यक्त गरेका हुन् । 

यसैगरी १९८३ को न्युयोर्क टाइम्स एडिसनले एक्काइसौँ शताब्दी पुगेपछि प्राय अमेरिकीहरु भात र सब्जीमा निर्भर हुन थाल्ने र मासु छाड्ने उल्लेख गरेको छ । 

यसको एक शताब्दी पछि वास्तवमै वैज्ञानिकहरुले सबैलाई थोरै मासु उपभोग गर्न र शाकाहारी डायट अपनाउन भनिरहेका छन् ।

यसैगरी क्रुजवेलले २०२० सम्ममा हामीले दैनिकीमा प्रयोग गर्ने टेबल, कुर्सीदेखि भित्ता, गरगहना, लुगालगायत सबै कम्प्युटराइज अर्थात प्राविधिक स्वरुपको हुने अनुमान लगाएको थियो र हाम्रो मोबाइल फोनलाई चाहिँ स्मार्ट ग्लास र लेन्सले प्रतिस्थापन गर्न सक्ने बताएको थियो । 

केही वर्ष अगाडि गुगलले सो भविष्यवाणी सत्य तुल्याउने प्रयास पनि गरेको हो तर उपभोक्ताहरुले यसमा त्यति रुची देखाएनन् । त्यस्तै सन् २००० सालमा एरिक हेजलटाइनले डिस्कभर म्यागजिनमा दुई दशकपछि हस्ताक्षरहरुलाई फिङ्गर प्रिन्ट, आवाज पहिचान प्रणाली लगायतले प्रतिस्थापन गर्ने बताएका थिए । 

अहिलेका सबै स्मार्टफोनमा यी प्रविधि उपलब्ध छन् । 

त्यस्तै अन्तरिक्षमा बिदा मनाउनेबारे भने धेरै दशक अगाडिदेखि उल्लेख गरिँदै आएको पाइन्छ । 

यसबारे त्यो समयमा थुप्रै किताब र फिल्महरु पनि बनेका थिए ।

यसबीच २०१० मै अन्तरिक्ष पर्यटनको विषयमा विभिन्न कम्पनीहरुले आफ्नो रुची सार्वजानिक गरेका पनि थिए जसले सबैलाई दशकको अन्त्यसम्ममा सो सपना पूरा हुने अपेक्षा गरायो । 

तर हालसम्म कूल ७ जना मानिसहरुले मात्र पैसा तिरेर अन्तरिक्ष भ्रमण गरेका छन् भने गत वर्ष मात्र इन्टरनेस्नल स्पेस स्टेसन पर्यटकका लागि खुला गरिने घोषणा भएको हो । 

यसैगरी मान्छेको जीवन आयु केही शताब्दीले बढ्ने सम्बन्धी गरिएका भविष्यवाणी चाहिँ पूरा हुने अहिलेसम्म पनि कुनै संकेत देखिएको छैन । यस्तोमा अब सबै वैज्ञानिकहरुले २०३० बाट अपेक्षा गर्न सकिने बताइरहेका छन् । सीएनएन 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०६:४५
प्रतिक्रिया दिनुहोस्