site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा केही फ्लेबरका इ–सिगरेटमा प्रतिबन्ध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । अमेरिकाले देशव्यापी रुपमा केही फ्लेवरका इ—सिगरेटमा प्रतिबन्ध लगाएको छ । किशोरकिशोरीलाई असर गरिरहेको भन्दै चासो प्रकट गरिएपछि अमेरिकाले सो प्रतिबन्ध लगाएको हो ।  यो प्रतिबन्ध मिन्ट र फ्रुट फ्लेबरका इ—सिगरेटमा लगाइएको हो । जसमा जुलबाट बेचिँदै आएको पोड्स पनि परेको छ । अमेरिकाले अझै पनि मेन्थोल र टोबाको फ्लेवरलाई भने मान्यता दिएको  छ । 

दक्षिण कोरिया, भारत, ब्राजील तथा अन्य दर्जनौं देशले यसअघि नै ‘स्वीपिङ्ग भ्यापिङ्ग ब्यान्स’को घोषणा गरेका छन् भने चीनलगायतका मुलुकले पनि यसअघि प्रतिबन्धको घोषणा गरेका छन् ।  अमेरिकी स्वास्थ्य सम्बन्धी नियामक निकायका अनुसार ५५ मानिसको मृत्यु र २ हजार ५ सयभन्दा बढी मानिस भ्यापिङ्गका कारण अस्पताल भर्ना भएका छन् । (बीबीसी)
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०४:१७
प्रतिक्रिया दिनुहोस्