site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इराकी प्रधानमन्त्रीद्वारा अमेरिकी आक्रमणको निन्दा, चीनले भन्यो- इराकको सार्वभौमसत्ताको सम्मान गरियोस्

बगदाद । इराकका प्रधानमन्त्री अदील अब्दुल महदीले शुक्रबार अमेरिकाले बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा  हवाई आक्रमण गरी इरानका फोर्स कमाण्डर र केही इराकी सुरक्षाकर्मीको हत्या गरेकोमा निन्दा गरेका छन् । 

उक्त कार्य  गलत भएको उनले जनाएका छन् । बगदादस्थित अमेरिकी दूतावासले आफ्ना त्यहाँ रहेका नागरिकलाई तत्काल इराक छोड्न आग्रह गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता इराकमा भएको हमलाको चीनले पनि आलोचना गरेको छ । सो आक्रमण इराकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्धमा रहेको जनाएको छ । उसले  इराकको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने जनाएको छ । चीनले सबै पक्ष खासगरी अमेरिकालाई धैर्य राख्‍न र हिंसा फैलिन नदिन आग्रह गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले शुक्रबार इराकको अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको आक्रमणको बारेमा प्रतिक्रिया जनाएका हुन् । उता इरानका रक्षामन्त्री आमिर हतामीले पनि शुक्रबार अमेरिकाद्वारा गरिएको आक्रमणको बदला लिइने चेतावनी दिएका छन् । -एजेन्सी
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्