विदेश

वाशिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी फोर्स कमान्डर क्वासाम सोलेइमानी मारिएपछि इराकका जनता खुसी हुँदै देशको झन्डा लिएर निस्केको एउटा भिडियो सार्वजनिक गरेका छन् ।
सोलेइमानी आज बिहान अमेरिकाद्वारा बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा मारिएका थिए । उनले ट्विट गर्दै इराकीहरु सडकमा उत्रिएर नाचेको जनाएका छन् । (सीएनएन)
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६ १३:०२
प्रतिक्रिया दिनुहोस्