
तेहरान । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीले आज बिहान अमेरिकी आक्रमणमा इरानको इश्लामिक रिभोलुसन गार्डस कप्र्स (आईआरजीसी)का फोर्स कमान्डर कुसाम सोलेइमानीको मृत्यु भएकोमा बदला लिने प्रतिकृया जनाएका छन् ।
‘‘अपराधीलाई खरो बदलाले प्रतिक्षा गरिरहेका छ,’’ सोलेइमानी र अन्यको हत्या गर्नेतर्फ संकेत गर्दै उनले देशका नाममा दिएको सन्देशमा भनिएको छ ।
सर्वोच्च नेताले लडाईँ निरन्तर जारी रहने जनाउँदै सबै मित्र र शत्रुहरुलाई पनि थाहा छ प्रतिरोधको बाटो जारी छ र मुजाहिद्धिनका लागि विजयले पर्खिरहेको जनाएका छन् । उनले सोलेइमानीकी पत्नी र केटाकेटी तथा इरानी जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।उनले तीन दिन राष्ट्रिय शोकको पनि घोषणा गरेका छन् ।
आज बिहान बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गर्दा सोलेइमानीसहित केही कमाण्डरहरुको मृत्यु भएको थियो । (सीएनन)