site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पकै निर्देशनमा बगदादमा मिलिसिया कमान्डरमाथि हमला 

वाशिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ ।  यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको निर्देशनअनुसार उनी मारिएको पेन्टागनले स्पष्ट पारेको हो ।
यसअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गरेर उनीसहित केही मानिस मारिएको समाचार सार्वजनिक भएको थियो । 

इरानको रिभुलस्नरी गार्डले पनि जनरल सोलेइमानी अमेरिकी हेलिकोप्टरमार्फत गरिएको आक्रमणमा मारिएको जनाएको छ ।  उनीहरुका अनुसार इराकी मिलिसिया नेता अबु महादी अल मुहान्डीज पनि मारिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण, दुई मिलिसिया कमान्डर मारिए

अमेरिकी राष्ट्रपतिको निर्देशनमा अमेरिकी नागरिकहरुको सुरक्षाका लागि जनरल सोलेइमानी मारिएको पेन्टागनको वक्तव्यमा उल्लेख छ ।

अमेरिकाले अमेरिकी चासोको विरुद्धमा रहेका संसारका जुनसुकै स्थानमा पनि आफ्ना जनताको सुरक्षाका लागि एक्सन लिइने जनाएको छ । रिपोर्टमा उल्लेख गरिएअनुसार इराकमा केही मिलिसिया प्रमुखहरुलाई अमेरिकाले बगदादमा हिरासतमा पनि लिएको जनाइएको छ । 

तर, औपचारिक रुपमा त्यसबारेमा बताइएको छैन । (बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०९:००
प्रतिक्रिया दिनुहोस्