site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सन् २०१९ मा विश्वभर हवाई दुर्घटना आधा घटे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । सन् २०१९ मा कमर्सियल विमान दुर्घटना ५० प्रतिशतले विश्वव्यापी रुपमा घटेको एक अध्ययनबाट देखिएको छ ।  एक डच कन्सल्टिङ्ग फर्मले गरेको अध्ययनपछि बुधबार सार्वजनिक गरिएको तथ्यमा सो कुरा  उल्लेख गरिएको छ । यद्यपि हाइप्रोफाइल बोइङ्ग ७३७ म्याक्स गएको मार्च महिनामा इथियोपियामा दुर्घटना भएको थियो । 

एभिएसन कन्सल्टिङ्ग फर्म टु ७० को सो अध्ययनमा ८६ वटा दुर्घटना ठूलो कमर्सियल विमानमा भएको र ८ वटा गम्भीर दुर्घटनामा २५७ जना मानिस गतवर्ष मारिएका थिए । सन् २०१८ मा १६० वटा दुर्घटना भएकामा तिनमा १३ वटा गम्भीर दुर्घटना भएको र जसका कारण ५३४ जनाको मृत्यु भएको जनाइएको छ । 
टु ७० का अनुसार गम्भीर खालका दुर्घटनाको प्रतिशत प्रति दशलाखमा शून्य दशमलब १८ प्रतिशत रहेको जनाइएको छ ।

सन् २००५ मा १,०१५ जनाको मृत्यु भएको थियो । अहिले उडान बढे पनि दुर्घटना र मृत्युको संख्या घटेको जनाइएको छ ।  सन् २०१७ मा दुई वटा मात्रै गम्भीर दुर्घटना भएका थिए । सो वर्षलाई उड्डयन क्षेत्रकै सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । सो वर्ष १३ जनाको मात्रै मृत्यु भएको थियो । पछिल्लोपटक गत सातामात्रै  कजाकस्तानमा  बेक एयर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । (रोयटर्स)
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०८:५२
प्रतिक्रिया दिनुहोस्