site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमाथिको आकाशमा अमेरिकाले देख्यो खतरा !

वाशिङटन । अमेरिकाको विमान नियामक प्राधिकरणले आफ्ना सबै एयरलाइन्स कम्पनीलाई पाकिस्तानको वायु मार्गलाई लिएर चेतावनी दिएको छ ।  सो निकायले पाकिस्तानभित्र कट्टरपन्थी समूहको गतिविधिलाई लिएर सो चेतावनी दिएको हो । 

चेतावनीमा भनिएको छ,‘‘उडानको समयमा सावधानी अपनाऔं । आतंकवादी गतिविधिका कारण पाकिस्तानको वायु मार्ग र सो क्षेत्रमा अमेरिकाको उडान सेवालाई खतरा रहेको छ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा पाकिस्तानको विमानस्थलमा रहेका अमेरिकी बिमान कम्पनीका स्टाफलाई लिएर पनि चेतावनी दिइएको छ । 

जसमा भनिएको छ,‘‘ पाकिस्तानका आतंकवादी तत्वको उपस्थिति अमेरिकी नागरिक विमानका लागि खतरा रहेको छ । यसमा छोटा हतियार, विमानस्थलमा हमला र एन्टी एयरक्राफ्ट हतियार सामेल रहेका छन् ।’’ (बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्