site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अष्ट्रेलियामा आगलागी पीडितको लागि उद्धार अपरेसन सुरु

सिडनी । अष्ट्रेलियन नाभीले आगलागीबाट प्रभावित मल्लाकूटामा अलपत्र परेका सयौं मानिसलाई उद्धारका लागि अपरेसन सुरु गरेको छ ।  त्यहाँ करिब ४ हजार मानिस गएको सोमबारदेखि समुद्रको आसपासमा अलपत्र छन् । यसरी अलपत्र पर्नेमा पर्यटक र स्थानीय मानिस पनि रहेका छन् ।

त्यहाँबाट हजारौं मानिस न्यू साउथ वेल्सतिर पनि गएका छन् । त्यहाँ संकटकालको घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि भएको आगलागीमा परेर अहिलेसम्म दुई राज्यमा १९ जनाको मृत्यु भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१ हजार २ सय भन्दा बढी घरलाई क्षति भएको छ भने करिब २८ मानिस हराइरहेका छन् । 

यसैबीच आगलागीका विषयमा प्रधानमन्त्री स्कट मोरिसनको निकै आलोचना भएको छ । सरकारले कुनै मतलब नै नगरेको भन्दै विपक्षीलाई आलोचना गरेका हुन् । (बीबीसी) 
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्