site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ताइवानले अस्वीकार गर्‍यो चीनको ‘एक देश दुई व्यवस्था’ प्रस्ताव 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीबीसी । ताइवानकी राष्ट्रपति साई इंग वेनले चीनको ‘एक देश, दुई व्यवस्था’को प्रस्ताव अस्वीकार गरेको बताएकी छन् ।

चीनले राखेको यस्तो प्रस्ताव ताइवानले खारेज गरिदिएको हो । ताइवानले चीनको यस्तै प्रस्ताव हङकङमा पूर्ण असफल भएको उल्लेख गर्दै अहिले यो प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेको थियो ।

चीनले ताइवानलाई आफ्नो भूभाग ठान्छ, जहाँ कुनै दिन बल प्रयोग गरेर आफ्नो अधिनमा राख्न सकिन्छ । ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्दै आएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्