site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रणनीतिक हतियार बनाउने उत्तर कोरियाको चेतावनी 

पोङयाङ ।  उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार आफ्नो मुलुकले परमाणु कार्यक्रमलाई निरन्तरता दिने  र निकट भविष्यमै 'नयाँ रणनीतिक हतियार' बनाउने बताएका छन् । उत्तर कोरियाको सरकारी सञ्‍चार माध्यम केसीएनएले संयुक्त राज्य अमेरिकाले परमाणु निशस्त्रीकरण वार्ताको समयसीमा गुमाएकोसमेत बताएको छ । 

किमलाई उदृत गर्दै केसिएनएले लेखेको छ, "अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने अनि 'ग्याङ्स्टरका जस्ता माग'हरु राखेर उत्तर कोरियामाथिको प्रतिबन्धलाई निरन्तरता दिने काम गर्‍यो । यस्तो अवस्थामा उत्तर कोरियाले वार्ता गर्ने कुनै आधार बाँकी रहेन । अब उत्तर कोरियालाई स्वघोषित परमाणु  र अन्तरदेशीय ब्यालेस्टिकक मिसाइल परीक्षण रोक्‍न कुनै पनि शक्तिले सक्दैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

किमले वर्कर पार्टीको नीति निर्माण कमिटीसँगको चार दिन लामो  बैठकलाई सम्बोधन गरेका थिए । शनिबारदेखि सुरु भएको उक्त बैठकलाई सम्बोधन गर्दै किमले अमेरिकाले वार्ता फेरि सुरु गर्ने विषयमा कुनै प्रतिक्रिया नदिएपछि स्वत: समयसीमा सकिएको बताएका छन् ।" 

उनले आगामी दिनमा उत्तर कोरियाले रोकेको परमाणु कार्यक्रमलाई निरन्तर दिने प्रतिबद्धता व्यक्त गरे । तर, वार्ताका लागि भने ढोका खुला रहेकोसमेत बताएका छन् । उनले भने, "उत्तर कोरियाले निकट भविष्यमै बनाउन लागेको रणनीतिक हतियारको प्रत्यक्षदर्शी सिंगो विश्‍व हुनेछ ।" 

उत्तर कोरियाली नेता किमको अभिव्यक्तिको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनमा पत्रकारसँग कुरा गर्दै भने, "नेता किमलले परमाणु निशस्त्रीकरणको सम्झौतामा हस्ताक्षर गरेको र आफूलाई उत्तर कोरियाली नेता आफ्नो वचनमा पक्का रहेने व्यक्ति भएको बताए ।" 

राष्ट्रपति ट्रम्पले आफूले किमको साथ पाएको र जे गर्नुपर्ने थियो आफूले त्यही गरेको बताए । 

अमेरकी विदेशमन्त्री माइक पोम्पियोले पनि उत्तर कोरियाले शान्तिको बाटो रोज्‍ने  र युद्ध र विवादभन्दा पनि समृद्धिमा ध्यान दिने अपेक्षा गरेको बताए । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०६:२१
प्रतिक्रिया दिनुहोस्