site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अष्ट्रेलियामा आगलागी आतंक, ४ हजार मानिस समुद्री किनारामा 

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा आगलागी फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन् ।  स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको छ । 

स्थानीय बासिन्दाले पोस्ट गरेको तस्विरमा आकाश पुरै रातो देखिनुका साथै धुवाँ  र पुरै अँध्यारो अवस्था देखिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिडनी र मेलबर्नका केही ख्यातिप्राप्त होलिडे स्पटहरु अहिले आगलागीको खतरामा परेका छन् ।  सहरको मुख्य राजमार्गपनि बन्द भएको छ । भिक्टोरिया क्षेत्रका अधिकारीहरुका अनुसार चार जना मानिसहरु हराइरहेका छन् । माल्लाकूटाका चार हजार मानिस अहिले  समुद्री किनारामा गएका छन् । 

सामाजिक सञ्जालमा उनीहरुले जनाएअनुसार अहिले उनीहरु साना खाले डुंगामा चढेका छन् । 

४० डिग्री तापक्रम र हुरीका कारण राज्यका करिब २०० स्थानमा गएका २४ घण्टा यता आगलागीका घटना भएको बताइएको छ । (बीबीसी)
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ०७:४२
प्रतिक्रिया दिनुहोस्