site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बैंक अफ इंल्यान्डका निवर्तमान प्रमुख भन्छन्– बैंकिङ क्षेत्रले ‘मेजर सिफ्ट’ गर्ने बेला भयो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लन्डन । बैंक अफ इंल्यान्डका निवर्तमान प्रमुखले बैंकिङ क्षेत्रले आफ्ना प्राथमिकताहरू नबदले विश्वले आगामी दिनमा अपरिवर्तनीय तापमान वृद्धिको अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले अहिले भइरहेको कामबाट ‘मेजर सिफ्ट’ हुनुपर्ने कुरामा जोड दिएका छन् ।

निवर्तमान प्रमुख मार्क कार्नेले बैंकिङ क्षेत्रले जैविक इन्धनको लगानीमा अंकुश लगाउन थाले पनि त्यो ज्यादै सुस्त गतिमा भएको समेत जनाएका छन् । जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले तापक्रम ४ डिग्री सेल्सियसले बढ्ने र समुद्र सतह ९ मिटरसम्म बढ्न सक्ने चेतावनी दिँदै आएका छन् । 

जसले ७६ करोड मानिस प्रभावित हुने उनीहरूको आकलन छ । उनीहरू तातो हावा, खडेरी तथा खाद्यान्न अभावको अवस्थाबाट प्रभावित हुने जनाइँदै आएको छ । कार्नेले अर्को वर्षबाट संयुक्त राष्ट्रसंघको जलवायु एक्सन र आर्थिक मामिलासम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्दै छन् । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १३:०१
प्रतिक्रिया दिनुहोस्