विदेश

काबुल । तालिबान समूहका मुख्य कमान्डरलाई अफगान सुरक्षा फौजले पक्राउ गरेको छ । उनलाई दक्षिणी हेलमन्द प्रान्तबाट नियन्त्रणमा लिइएको अफगानिस्तान टाइम्सले जनाएको छ ।
अफगानिस्तानको गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तालिबान समूहका मुख्य कमान्डरलाई जीसीपीएसयूको सफाया अप्रेशनका क्रममा प्रान्तको नवा जिल्लाबाट नियन्त्रणमा लिइएको जनाएको छ ।
नियन्त्रणमा लिइएका तालिबान कमान्ड देशभरका विभिन्न ठाउँमा भएका विस्फोट र आतंकवादी हमलामा संलग्न भएको पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अफगानिस्तान टाइम्स
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६ १९:०३
प्रतिक्रिया दिनुहोस्