site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय प्रहरीद्वारा मुश्लिम विश्वविद्यालयमा भएको प्रदर्शनबारे १ हजार जना विरुद्ध एफआइआर दर्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ दिल्ली । भारतमा नागरिकता संशोधन विधेयकको विरोधमा अलीगढ मुश्लिम युनिभर्सिटीमा भएको विरोध प्रदर्शन र हिंंसालाई लिएर १००० व्यक्तिका विरुद्ध प्रहरीले एफआइआर ( फस्ट इन्फर्मेसन रिपोर्ट) दर्ता गरेको छ ।

यो एफआइआर दंगा  गरेको, दंगा भड्काउने प्रयास गरेको र जानीबुझी नोक्सान पुर्याउन खोजेको तथा सरकारी अधिकारीलाई ड्युटी निभाउनबाट रोक्न खोजिएको प्रसंगमा उल्लेख गरिएका कानुनी प्रावधानअनुसार दर्ता गरिएको जनाइएको छ । 

त्यहाँ भएको संघर्षका क्रममा ११ सुरक्षाबल र एक जना कमान्डर पनि घाइते भएको प्रहरीले जनाएको छ । (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्