site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीमा लन्डन बिर्साउने चिसो ! ११८ वर्षपछिकै बढी चिसो

नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीमा चिसो निकै बढेको छ  ।  यसपालिको डिसेम्बर महिना विगत ११८ वर्षपछिकै सबैभन्दा चिसो डिसेम्बर हुने अवस्था आएको बीबीसीको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

सो रिपोर्टमा नयाँ दिल्लीको चिसो बेलायतको राजधानी लण्डनलाई पनि बिर्साउने खालको भएको जनाइएको छ ।  लन्डनमा न्यूनतम तापक्रम ६ डिग्री र दिल्लीमा २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।  शनिबार दिल्लीमा २.४ डिग्री सेल्सियस रहेको थियो । अघिल्लो दिन शुक्रबार ४.२ डिग्री रहेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हुस्सु र कुहिरोका कारण बिमानको उडान समेत शनिबार प्रभावित भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतको मौसम विभागका अनुसार यो डिसेम्बरको महिना सन् १९०१ पछिको दोस्रो चिसो डिसेम्बर हुने अवस्था रहेको छ ।  (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०८:४०
प्रतिक्रिया दिनुहोस्