site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 कार बम विस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोटमा मृत्यु हुनेको संख्या  ७६ पुगेको छ ।  करिब ९० जना घाइते भएको अनुमान गरिएको छ । सो विस्फोट शनिबार भएको थियो ।  

विस्फोट मोगादिसुको व्यस्त चेक प्वाइन्टमा भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मदिन अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले एपीलाई जनाएअनुसार उनीहरुले ७३ वटा शव प्राप्त गरेका छन् । 

मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । कुनै पनि समूहले अहिले सम्म जिम्मेवारी लिएको छैन ।

अल कायदासँग आवद्ध रहेको इश्लामी लडाकूहरुको अल शबाब समूहले विगत दश वर्षदेखि शसस्त्र युद्ध गर्दै आइरहेको छ । सो समूहलाई राजधानीबाट धपाइए पनि देशका विभिन्न भूभाग अझै उसको नियन्त्रणमा रहेको छ ।

प्रत्यक्ष्यदर्शीका अनुसार घटनास्थलमा जताजतै छरिएका शवहरु छन् । विस्फोटका कारण मानिसहरुको अनुहार नचिनिने अवस्थामा रहेको छ । 

एक जना सोमाली सांसद मोहम्मद अब्जीरिजकले मृतकको संख्या ९० भन्दा माथि पुग्ने अनुमान गरेका छन् । तर, उनको भनाई स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । (बीबीसी)

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्