site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी राष्ट्रपतिहरुको राजनीतिमा आउनु अगाडि पहिलो जागिर के थियो ? 

एजेन्सी । राजनीतिमा प्रवेश गर्नु अगाडि अमेरिकी राष्ट्रपतिहरु जुत्ता पालिस गर्नेदेखि कुखुरा सफा गर्नेसम्मका काम गर्ने गर्थे । तिनको पहिलो जागिरले उनीहरु अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति बन्नेछन् भन्ने कुनै संकेत नदिने हुनाले पनि यसलाई आश्चर्यजनक मानिएको छ । 

१८६१ देखि १८६५ सम्म अमेरिकाका राष्ट्रपति रहिसकेका स्वर्गीय अब्राहम लिंकन राजनीतिमा लाग्नु अगाडि स्टोरमा काम गर्थे । इलिनियोसस्थित सो स्टोर शहरमा अनौपचारिक भेटघाटको केन्द्र थियो जसकारण नै लिंकनलाई सहरका प्रत्येक मानिससँग सम्बन्ध बनाउने मौका मिल्यो । 

उनको राजनीतिक सफलतामा यसको भूमिका धेरै महत्वपूर्ण साबित भएको बताइन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै अर्का पूर्वराष्ट्रपति लिन्डन बी जोन्सन भने जुत्ता टल्काउने र बाख्रा चराउने काम गर्थे । 

१९६४ देखि १९६८ सम्म राष्ट्रपति पद सम्हालेका उनले गर्मीयामको छुट्टीमा अतिरिक्त पैसा कमाउन जुत्ता पालिस गर्ने काम गरेका हुन् । 

पछि उनले एक आफन्तको बाख्राको फार्म हेर्ने काम पनि थाले ।  

१९६९ देखि १९७४ सम्म सत्ता समालेका अर्का चर्चित पूर्वराष्ट्रपति रिचर्ड निक्सनको पहिलो जागिर भने खुकुरा सफा गर्नु रहेको थियो । 

एरिजोनास्थित आफ्नो परिवारलाई भेट्न जाँदा उनले स्थानीय कसाईकहाँ कुखुराहरु सफा गरि तिनको भुत्ला उखेलेर तयार पार्ने काम गर्दथे । 

यता १९८१ देखि १९८९ सम्म शाषन गरेका राष्ट्रपति रोनाल्ड रिगन भने राजनीतिमा प्रवेश गर्नु अगाडि सर्कसमा काम गर्ने गरेका थिए । 

रिगनले केही समयका लागि रिङ्गलिङ ब्रदर्स सरकसका लागि काम गरेका हुन् । 

त्यतिबेला उनी शीपविहीन श्रमिकका रुपमा काम गर्दथे जसको कमाइ प्रतिघण्टा २५ सेन्ट मात्र रहेको थियो । 

यसैगरी बिल क्लिन्टनले भने एक ग्रोसरी सञ्चालक र कमिक किताब विक्रेताको काम गरेका हुन् । 

उनले १३ वर्षको उमेरदेखि नै एउटा स्टोरमा काम गर्न सुरु गरेका थिए । 

त्यसैबीच उनले आफ्ना मालिकलाई कमिक किताबहरु पनि बेच्न दिन राजी गराएका हुन् । 

यसपछि उनले अतिरिक्त १०० डलर कमाइ गर्ने गरेका थिए । यता अर्का राष्ट्रपति बाराक ओबामाको सबैभन्दा पहिलो जागिर ‘आइसक्रिम स्कुपर’ अर्थात आइसक्रिम बेच्नु रहेको थियो ।

ह्वाइटहाउसमा अबेर राति आल्मन्ड खाँदै काम गर्नु भन्दा अगाडि एक युवकका रुपमा उनी प्रख्यात कम्पनी होनोलुलुस्थित बेक्सिन एण्ड रोबिन्समा काम गर्ने गर्दथे । बिजनेस इन्साइडरबाट 
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०६:३४
प्रतिक्रिया दिनुहोस्