
काठमाडौं । विश्वका विभिन्न भागमा चिडियाखानामा भएका जनावरहरुलाई क्रिसमसको अवसरमा मानिसहरुले उपहार दिएका छन् ।
क्रिसमसको क्रममा केही दिन यता उपहार प्राप्त भएपछि ती जनावर पनि सायद रमाएका छन् ।
मानिसले पनि उपहार पाएपछि त्यसलाई खोलेर हेर्ने गर्दछन् । जनावरको हकमा पनि यस्तै हुने रहेछ ।
क्रिसमसको अवसरमा जनावरलाई सजाएर दिइएका उपहार कसैले तुरुन्तै खोलेको पाइएको छ भने कतिले केही समय लगाएको देखिएको छ ।
बीबीसीले विश्वका विभिन्न भूभागका चिडियाखानाबाट तयार पारिएका तस्बिर निम्न अनुसार दिएको छ ।
बीबीसीले यी तस्विर फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्याण्डको चिडिया खानाबाट लिइएको जनाएको छ । हेरौं– कहाँका कुन जनावरले कसरी उपहार खोलेछन् ?
१. न्यूजील्याण्डको ओराना वाइल्ड लाइफ पार्कमा किया प्यारोट(सुगाको एक प्रजाति) ले क्रिसमस उपहार पाएपछि यसरी खोलेको थियो ।
२. ओरानामा नै आफूलाई मनपर्ने उपहार पाएर गुरिल्लाले यसरी तस्बिर खिचायो ।
३. ओरानाकै चितुवाहरु यसरी खोल्दैछन् उपहार ।
४. उत्तर पश्चिम फ्रान्सको ले मेन्सका बाँदरहरु आफ्नो उपहार खोल्दै ।
५. उत्तरी जर्मनीको हैम्बर्गको तिएरपार्क हेगेनबैक चिडियाघरमा हात्तीलाई यसरी उपहार दिइएको थियो ।
६. कोलम्बियाको कैली चिडियाखानामा क्यान्डीको मजा लिँदै एक बाँदर ।
७. कालो जैगुआरका आफ्नो उपहार यसरी हेर्दैछ ।
८. जंगलको राजा सिंह यसरी उपहार खोल्दै ।
९. सान्टा क्लजलाई नियाल्दै एक बाँदर ।