site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मोडलिङ गरेर गाडी चढेँ’
Tiktok banner adTiktok banner ad
पछिल्लो समय युवा पुस्ताका ढुकढुकी हुन्, पउल शाह । छोटो समयमा मोडलिङमा सफलता हात पार्ने पउल त्यस्ता भाग्यमानी मोडल हुन्, जसले पहिलो चलचित्र नै राम्रो पाए । ‘डेब्यु’ गरेकै चलचित्र ‘नाईं नभन्नु ल–४’ बाट उनले अवार्ड पनि हात पारे । अवार्डबाट हौसिएका पउल अब ठूलो पर्दामै जम्ने सोचमा छन् । थोरै तर राम्रा चलचित्रमात्रै गर्ने योजनामा रहेका उनी अर्को एउटा चलचित्रमा अनुबन्धित भइसकेका छन् । करिब ३ सय वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका पउलसँग अहिले नाम छ र दाम दुवै छ । त्योभन्दा पनि ठूलो उनका लाखौं फ्यान छन् । उनै पउलसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानीः 
 
मोडलिङ कस्तो पेसा रहेछ ?
हरेक पेसाको आ–आफ्नै महत्व हुन्छ । आफ्नो क्षेत्रमा जसले मेहनत गर्छ, ऊ सफल हुन्छ । मोडलिङमा पनि यही कुरा लागू हुने हो । कुरा रह्यो मेरो, मैले पनि यो पेसामा मेहनत गरिरहेको छु । मेहनतअनुसार फल पनि पाइरहेको छु । समग्रमा राम्रो छ । 
यो पेसाका फाइदा के–के हुन् ?
मुख्य त ‘पपुलारिटी’ नै हो । फ्यान, फलोअर्स कमाइन्छ । स्ट्रगल गर्ने कलाकार पनि यहाँ धेरै नै छन् । तर, सबै सफल हुन सक्दैनन् । थोरैमात्रै सफल हुन्छन् । सफल हुनेका फ्यान पनि धेरै हुन्छन्, जहाँ गयो त्यहीँ हाई–हाई हुन्छ । 
बेफाइदा पनि त होलान् नि !
छन्, धेरै छन् । फाइदाभन्दा बेफाइदा धेरै छन् भनेर विश्लेषण गर्दा पनि हुन्छ । पर्सनल लाइफ नै हुँदैन । कहीँ गयो भने स्वतन्त्र भएर हिँड्न पाइँदैन, स्वतन्त्र भएर खान पाइँदैन । आफूलाई लागेको कुरा बोल्न नपाइने, जस्तोसुकै अस्थामा पनि रामै्रसँग बोल्नुपर्ने । स्टान्डर्ड मेन्टेन गर्न वेटमा बस्नुपर्ने । 
अहिलेसम्म कति म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
करिब तीन सय वटा भए । 
कति वर्षमा यो संख्या पुगेको हो ? 
धेरै भएको छैन । साढे तीन वर्ष भयो । 
तीन सयमध्ये आफैँलाई राम्रो लागेको भिडियो कुन हो ? 
टेकेन दाहालको ‘यदि पुनर्जन्म हुन्छ भने मायामा म तिम्रै हुन पाऊँ’ । यो भिडियो मलाई अहिलेसम्म गरेका मध्ये सबैभन्दा राम्रो लागेको हो । 
काम गर्न सबैभन्दा सजिलो निर्देशक को हो ? 
नितिन चन्द ।
काम गर्न सबैभन्दा सजिलो मोडल ?  
स्वस्तिमा खड्का । 
ठूलो पर्दाका चलचित्र अहिलेसम्म कति वटा गर्नुभयो ?
‘नाईं नभन्नु ल–४’ मात्रै हो । 
अरु किन गर्नुभएन ? अफर नआएर कि अरु कुनै कारण छ ?
अफर नआएर होइन । धेरैले आफ्नो मुभीमा काम गर्नुपर्छ भनेर भन्नुभयो र भनिरहनु भएको पनि छ । 
अनि किन नगर्नु भएको त ?
भनेजस्तो त हुनुपर्छ नि ! ठूलो ब्यानर, राम्रो निर्देशक तथा निर्माता र उत्कृष्ट स्क्रिप्ट नभएसम्म गर्दिनँ भनेर बसेको हो । पहिलो मुभीबाटै मैले अवार्ड पाएँ । यसले मलाई झन् राम्रो चलचित्र गर्ने चुनौती थपिएको छ । संख्या बढाउने भन्दा पनि राम्रो तर थोरै गर्नुपर्छ भन्ने लाग्छ । वर्षमा एउटा वा दुइटामात्रै चलचित्र आओस् तर राम्रो आओस् भन्ने सोचमा छु । र, यसैको पर्खाइमा छु । 
त्यसो भए तत्काल कुनै ठूलो पर्दामा काम नगर्ने हो ? 
होइन । एउटामा अनुबन्धित भइसकेको छु । भोलि ‘जोनी जेन्टलम्यान’को पत्रकार सम्मेलन पनि हुँदैछ । त्यहीँबाट यसको अफिसियल घोषणा हुँदैछ । 
राम्रो सिनेमा गर्दा दुइटाभन्दा धेरै गर्न सकिँदैन ?
राम्रो चलचित्र गर्न दुई–तीन महिना वर्कसपमा बस्नुपर्छ । छायांकन, डबिङ गर्दा ६ महिना लाग्छ । त्यसैले दुइटाभन्दा धेरै त भ्याइँदैन नि । 
व्यक्तिगत कुरा गरौं । रिलेसनमा हुनुहुन्छ कि हुनुहुन्न ?
छैन अहिलेसम्म । 
केटी फ्यान त धेरै छन्, हैन ?
छन् । सबैका हुन्छन् । तर, केटा र केटी फ्यान दुवै छन् । केटाको केटी फ्यान हुनु स्वाभाविकै हो । तर, त्यति धेरै पनि होइन । ६० प्रतिशत केटी फ्यान हुनुहुन्छ भने ४० प्रतिशत केटा । तर, मेरो हकमा अलि फरक पनि छ । टिनेजरदेखि वृद्धवृद्धा पनि मेरा फ्यान हुनुहुन्छ ।  
विवाहबारे के सोच्नुभएको छ ?
मेरो फोकस नै अहिले करियरमा छ । फिल्म नगरीमा मेरो करियर भर्खर सुरु भएको छ । तीन–चार वटा हिट फिल्म दिएपछि बल्ल सोच्ने हो विवाहबारे । 
अब विस्तारै म्युजिक भिडियो कम गर्दै जाने हो ?
पक्कै पनि । अब मुभीमा व्यस्त भएपछि केही कम हुन्छ । वर्कसपमा बस्नुपर्ने, छायांकनमा समय दिनुपर्ने भएपछि कम हुन्छ । तर, चटक्कै छोड्ने भन्ने हुँदैन । थोरै गर्छु । अब क्वालिटीमा जोड दिन्छु । 
अभिनय गरेर बाहिर देखिएको स्टान्डर्ड मेन्टेन गरेर बाँच्न सकिन्छ ? 
अहिलेसम्म त्यो सम्भव भएको छ । मैले अभिनय सुरु गरेको साढे तीन वर्ष भयो । सुरुमा तीन हजारको कोठामा बस्ने म अहिले १८÷२० हजारको फ्ल्याटमा सबै परिवारसँगै बस्न सक्ने भएको छु । मैले मेरै कमाइले गाडी चढेको छु । मेहनत र परिश्रम गर्यो भने सकिन्छ । तर, आफ्नो कामप्रति व्यक्ति ‘डेडिकेट’ भने हुनुपर्छ । 
अभिनय सुरु गर्नुअघि के गर्नुहुन्थ्यो ?
मैले कक्षा ११ पढ्दा नै भिडियो एडिटिङ सिकेको । म सुरुमा डकुमेन्ट्री र न्युज एडिटिङ गर्थें । अहिले पनि फुर्सद भयो भने म एडिटिङ गर्छु । म्युजिक भिडियो एडिटिङ गर्थें । त्यहाँपछि बल्ल मोडलिङमा आएको हुँ । 
यो क्षेत्रमा आउन खोज्ने नयाँ भाईबहिनीलाई के भन्नुहुन्छ ? 
उहाँहरूलाई स्वागत छ । तर, यो क्षेत्रमा आउनुअघि सिक्नुस् । आफूले गर्न चाहेको काममा पोख्त हुनुस् । यदि तपाईंमा कला र प्रतिभा छ भने तपाईंलाई कसैले पनि रोक्न सक्दैन ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro