site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फोटोसहितको नयाँ मतदाता नामावली सार्वजनिक, यसरी हेर्नुहोस् तपाइँको नाम 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ ।
वैशाख ३१ गतको लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतबार राति फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको हो । मतदाताले आफ्नो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको नाम, वडामा गएर आफ्नो नामावली हेर्न सक्नेछन् ।
२०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएर मतदाता नामावली संकलनमा भाग लिएकाको नामावली आयोगले सार्वजनिक गरेको हो । 
आफ्नो नामावली हेर्नका लागि जिल्ला, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको वडा नम्बर  र मतदान केन्द्र चयन गरी सबमिट गरेपछि आफ्नो नामावली हेर्न सकिनेछ ।


 


प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४  ०७:४८
प्रतिक्रिया दिनुहोस्