
मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्र डाभोमा भूकम्प जाँदा एक बालकको जयान गएको थियो भने केही घाइते भएका छन् । भूकम्पका कारण केही भवनहरुमा समेत क्षति पुगेको छ ।
डाभोबाट ६१ किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्ने मिनडानो टापुमा केन्द्र बनाएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूर्गभ सर्भेले जनाएको छ ।
प्यासिफिक सुनावी सचेतना केन्द्रले अहिले तत्काली सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।
डाभोस्थित मटानो सहरका मेयर भिन्सेन्ट फर्नान्डेजले घरको भित्ता भत्किँदा छ वर्षीया बालिकाको ज्यान गएको रेडियो डिजेडएएमलाई बताएका छन् । भूकम्पमा थप कति क्षति भएको भन्ने विस्तृत विवरण आइनसकेको बताएका छन् । तर, अधिकारीहरुले खाना, पानी र त्रिपाल र कम्मलहरु आवश्यक रहेको जनाएका छन् ।
मागसेसे सहरका सार्वजनिक सूचना अधिकारी एन्थोनी अल्लाडाले भूकम्पमा परी १४ जना घाइते भएको बताएका छन् । सडक, भवनहरु र बिजुलीका पोलहरु ढलेको स्थानीय सरकारले बताएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरेट पनि भूकम्प जाँदा गृहनगर डाभोमा नै थिए । उनी र उनकी छोर किटी भूकम्प जाँदा घरभित्रै भए पनि त्यस्तो अप्रिय घटना कुनै नभएको राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पनिलोले बताएका छन् ।