site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानमाथिको अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीत : महाथिर 

दोहा । मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले इरानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताएका छन् । 

शनिबार कतारमाको राजधानी दोहामा आयोजित एक सम्मेलनमा बोल्दै उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लंघन गर्दै इरानमाथि प्रतिबन्ध लगाएको बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"मलेसियाले इरानमाथिको अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्धको पक्षमा छैन," कतारका अमिर तामिम बिन हमादअल-थानीसमेत उपस्थित मञ्‍चमा महाथिरले भने । 

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा मलेसिया र अन्य थुप्रे मुलुकहरुले 'ठूलो बजार' गुमाउनु परेको मलेसियन प्रधानमन्त्री महाथिरले बताएका छन् । 

उनले थपे, "यस्ता किसिमका प्रतिबन्धहरु संयुक्त राष्ट्रले बडापत्रका आधारमा लगाउने गर्छ । तर, अमेरिकाले यी सबै अन्तर्राष्ट्रिय कानुन र बडापत्रको उल्ल्घंन गरेको छ ।" - रोयर्टस

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्