site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 भारतीय कांग्रेसले सुरू गर्‍यो ‘भारत बचाऊ’ र्‍याली 

नयाँ दिल्ली । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भारत बचाऊ र्‍याली सुरू गरेको छ । शनिबार कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको 'विभाजनकारी' र 'विघटनकारी' नीतिको विरोध गर्दै दिल्लीस्थित रमिला मैदानमा भारत बचाऊ र्‍याली सुरू गरेको हो ।

उक्त र्‍यालीलाई पार्टी प्रमुख सोनिया गान्धि, पार्टी पूर्वअध्यक्ष राहुल गान्धि र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सम्बोधन गर्नेछन् । पार्टी वरिष्ठ नेताहरुले भारतीय जनता पार्टी नेतृत्वको सरकार असफल भएको र उनीहरुले मुलुकलाई विभाजनतर्फ लैजान खोजेको विषयलाई उठाउने बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"हामी बीजेपी सरकारलाई भारतीय जनताको जीवनशैलीमा कुनै सुधार गर्न नसक्दा असफल भएको भन्‍ने बलियो सन्देश प्रवाह गर्न चाहन्छौं," कांग्रेस नेता अजय सिंह यादवले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भने, "वास्तविक समस्या - बेरोजगारीको समस्या समाधान,उद्योग कलकारखाना स्थापना, आर्थिक वृद्धिदरजस्ता मुद्दालाई सम्बोधन गर्नुको साटो नागरिकता संशोधन विधेयक, धारा ३७०को खारेजीजस्ता विखण्डन ल्याउने मुद्दातर्फ ध्यान दिइरहेको छ ।" 

भारतीय कांग्रेस दिल्लीका सभापति सुबास चोपडाले ५० हजारभन्दा मानिस उक्त र्‍यालीमा सहभागी हुने बताएका छन् । उनले भने, "हामीले भारतलाई विखण्डन हुनबाट जोगाउन पहल गर्नुपर्ने बेला आएको भन्‍ने सन्देश विश्वभर फैलाउन यो र्‍याली गर्न लागेका हौं ।"  - स्क्रोल डट इन

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १३:१६
प्रतिक्रिया दिनुहोस्