विदेश

भारत । भारतको वाराणसीमा भएको एक विवाह समारोहमा बेहुला-बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइदिएका छन् । यतिमात्र नभई विवाह समारोहमा उपस्थितहरुले पनि नवविवाहितलाई प्याज उपहार दिएका छन् ।
समाजवादी पार्टीका नेता कमल पटेलले प्याजको मूल्य अत्यधिक वृद्धि भएकोले विरोधस्वरुप यसो गरिएको बताए । उनले भने, "अहिले प्याज मूल्य सुनको मूल्यजस्तै आकासिएको छ ।"
एकअर्का समाजवादी नेताले पनि प्रतिकात्मक विरोधस्वरुप बेहुला-बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइ दिएको बताए ।
अहिले भारतमा पनि प्याजको मूल्य अत्यधिक बढेको छ । यसको देशभर चौतर्फी विरोध भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६ १०:०६
प्रतिक्रिया दिनुहोस्