site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 अब ब्रेक्जिट समस्याको समाधान सुरू गरौं : बोरिस जोनसन 

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अब ब्रक्जिट समस्याको समाधान सुरू गर्न आग्रह गरेका छन् । बिहीबार भएको निर्वाचनमा उनी नेतृत्वको कन्जरभेटिभ पार्टीले अत्यधिक बहुमतका साथ जित हात पारेपछि जोन्सनले आफ्नो पार्टीको 'असाधारण' विजयले ब्रेक्जिट विवादको समाधान नजिक पुगाएको बताउँदै भने, "अब समस्याको समाधान सुरू गरौं ।" 

१० डाउनिङ् स्ट्रिटमा बोल्दै उनले पहिलोपटक कन्जरभेटिभलाई मतदान गर्ने लेबर पार्टीका समर्थकहरुको विश्वासलाई मर्न नदिनेसमेत बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अब जोनसनलाई बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर दिएका छन् । तर, यसअघि गरिएका पटक-पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अवसरसँगै उत्तिकै चुनौती पनि छ ।

बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको पार्टीले ३६४ सीट प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुगेका थिए । 

बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जर्भेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको हो । तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जर्भेटिभ पार्टीले अपार बहुमत पाएको छ । - बीबीसी 
 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्