
टोक्यो । जापानमा एकजना पूर्व उपमन्त्रीलाई छोराको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय तोकिएको छ । ७६ वर्षीया हिड्यकी कुमाजाले आफ्नो ४४ वर्षीय छोरा (गैरसम्बन्धबाट जन्मिएका सन्तान)को घाँटी रेट्नुका साथै छातीमा छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो ।
उनले २०१९, जुन १ मा अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको जापानी सञ्चारमाध्यम कोयदोन्यूजले जनाएको छ ।
पूर्वउपमन्त्री कुमाजावातर्फका अधिवक्ताले भने छोराले उनलाई पटक-पटक मार्ने धम्की दिएपछि आत्मरक्षाका लागि आक्रमण गरेको तर्क गरेका छन् । उनीहरुले अदालतको उक्त आदेश निलम्बनको माग गरेका छन् ।
शुक्रबार बयानका क्रममा उनले भने, "यदि मैले छुरा प्रहार नगरेको भए म आफैं मारिन सक्थे । आत्मरक्षाका लागि त्यसो गर्नुपरेको हो । मलाई लाग्छ कि अपराधलाई रोक्न मैले त्यो गर्न जरुरी थियो । उसले मृत्युपर्यत्न शान्ति पाउनेछ । " - कोयदो न्युज