site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’  गएका छन्  ।

बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुगेका हुन् । 

बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जर्भेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको छ । तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जर्भेटिभ पार्टीले अपार बहुमत पाएको छ । 

जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ  । 

तर यस पहिले भएका पटक पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अबसरसँगै उत्तिकै चुनौती रहेको छ । - एएफपी

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०३:१४
प्रतिक्रिया दिनुहोस्