site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

नयाँ दिल्ली । भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् । 

अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताए । 

राज्य सभाले भने १५ विधेयक पारित गरेको उनको भनाई छ । 

संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् । - एएनआई

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ००:०५
प्रतिक्रिया दिनुहोस्