site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको नागरिकता विधेयकलाई राष्ट्रपतिबाट मन्जुरी, असममा सामूहिक भोक हडताल

नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नागरिकता संशोधन विधेयकमा मन्जुरी दिएपछि गुवाहाटीमा सयौं मानिस सामूहिक भोक हडतालमा बसेका छन् ।

गुवाहाटीको चाँदमारी मैदानमा आज बिहान ६ बजेदेखि नै मानिस जम्मा हुन थालेका थिए । उनीहरु बिहान ७ बजेबाट नै भोक हडतालमा बसेका हुन् । भोक हडतालको आह्वान अल असम स्टुडेन्टस युनियन(आसू)ले गरेको हो । यसमा अन्य संगठनहरुपनि सामेल भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भोक हडतालको नेतृत्व आसूका प्रमुख समुज्जल भट्टाचार्यले गरेका छन् । उनले पत्रकारहरुसँग भने, ‘‘ राष्ट्रपति संविधानको रक्षक हुन् । संवैधानिक प्रावधानलाई ख्याल गरेर उहाँले यो विधेयकलाई मन्जुरी दिनु हुन्न भन्ने हामीले आशा गरेका थियौं । तर, उहाँले यसलाई मन्जुरी दिनुभएकोले हामीलाई दुःख लागेको छ ।’’

यसैबीच डिब्रुगढ जिल्लामा भाजपाका विधायकको घरमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । राज्य सरकारका मन्त्री रञ्‍जीत दत्ताको सोनितपुरको घर तथा अन्य केही विधायकको घरमा पनि तोडफोड भएको छ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १२:४९
प्रतिक्रिया दिनुहोस्