
लण्डन । बोरिस जोनसनको कन्जरभेटिभ पार्टीले बेलायतको आम निर्वाचन जितेको छ । मार्गरेट थ्याचर प्रधानमन्त्री भएपछि यसपालि कन्जरभेटिभ पार्टी त्यतिबेलाकै जस्तो प्रभावशाली रुपमा देखिएको छ ।
आम निर्वाचनको क्रममा रंगको आधारमा हुनसक्ने विभेदलाई ध्यान दिँदै केही मानिसले बेलायत छोड्ने तयारी गरेको चर्चा पहिला नै भएको थियो ।
सो पार्टीका प्रधानमन्त्रीले यसअघि रंगभेदी धारणा राखेको आधारमा उनीहरुले यस्तो तयारी गरेका थिए । उनले निर्वाचन जित्ने एक्जिट पोल आएपछि देश छोड्छु भन्दै सामाजिक सञ्जालमा लेख्नेहरु बढेका छन् ।
अर्कातर्फ यहूदीहरुले पनि जेरेमी कोर्बिनले नम्बर १० (प्रधानमन्त्री कार्यालय)मा जित्ने अवस्था आएमा देश छोड्ने तयारी गरेका थिए । यद्यपि उनको पार्टी पराजित भएको छ ।
बेलायती नागरिकलाई देश छोड्नुअघि उसले लिने फाइदा, पेन्सन, करहरु लगायतको टुंगो लगाउनुपर्छ । कतिपयलाई भने सामाजिक सञ्जालमा स्थानीय पार्टी खोल्न र राजनीति गर्न सुझाव समेत दिन थालिएको छ ।
बेलायतकी आइरन लेडीको रुपमासमेत चिनिने मार्गरेट थ्याचर सन् १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री भएकी थिइन् भने १९७५ देखि १९९० सम्म कन्जरभेटिभ पार्टीको नेता थिइन् । उनको पालामाजस्तै अहिलेपनि बेलायतमा सो पार्टीको प्रभाव फर्किएको बिहीबार भएको निर्वाचनपछिको परिणामले देखाएको छ । - एजेन्सीको सहयोगमा