site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायतमा कन्जरभेटिभ पार्टीलाई बहुमत, जोनसन प्रधानमन्त्रीमा फर्किने निश्चित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लण्डन । बेलायतमा भएको आम निर्वाचनमा कन्जरभेटिव पार्टीले विजय हासिल गरेको छ । चुनावको मतपरिणामको अन्तिम घोषणा हुन बाँकी भए पनि सो पार्टीले बहुमतको लागि ३२६ सीटको थ्रेसहोल्ड पार गरिसकेको छ । बीबीसीले बोरिस जोहन्सन फेरि प्रधानमन्त्रीका रुपमा डाउनिङ्ग स्ट्रिटमा फर्किने पक्का भएको जनाएको छ ।
प्रधानमन्त्री जोहन्सनले आफूलाई अब ब्रेक्जिटको प्रक्रिया पूरा गर्ने जिम्मेवारी जनताले दिएको जनाएका छन् । बेलायतमा ५ वर्षको बीचमा हिजो तेस्रोपटक आम निर्वाचन भएको हो । 

विपक्षी नेता जेरेमी कोर्बिनले आफ्नो पार्टीलाई हिजोको रात निराशाजनक भएको बताएका छन् । उनले आफूले अब भविश्यमा चुनाव नलड्ने समेत घोषणा गरेका छन् ।   विपक्षी लेबर पार्टीले उत्तर, मध्यभूभाग र वेल्स क्षेत्रमा पराजय हासिल गरेको छ । सो क्षेत्रले सन् २०१६मा बेक्जिटलाई साथ दिएको थियो ।  (बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ११:४६
प्रतिक्रिया दिनुहोस्