
नयाँ दिल्ली । भारतको सत्तारुढ दल भाजपाका सांसद गणेश सिंहले दैनिक संस्कृत भाषा बोलेमा स्नायु प्रणालीलाई मजबुत राख्ने र त्यसले डायबिटिज र कोलेस्ट्रोल जस्ता रोगलाई नियन्त्रण गर्ने बताएका छन् ।
अमेरिकामा रहेको एक एकेडेमिक इन्स्टिच्युटले गरेको अध्ययनका क्रममा यो तथ्य देखिएको उनको दाबी रहेको छ । संस्कृत विश्वविद्यालय सम्बन्धी एक विधेयकबारेको छलफलमा बिहीबार भाग लिँदै उनले अमेरिकी स्पेस रिसर्च अर्गनाइजेसन नासाको अनुसन्धानका अनुसार यदि संस्कृतमा कम्युटर प्रोग्रामिङ्ग गरेमा त्यो गल्तीविहीन हुने तथ्य पनि आएको दाबी गरेका छन् ।
उनका अनुसार विश्वका ९७ प्रतिशत भन्दा बढी भाषा जसमा केही इश्लामिक भाषापनि छन् ती संस्कृतमा आधारित रहेका छन् ।
संघीय मन्त्री प्रतापचन्द्र सरान्गीलेपनि सो विधेयकको बारेमा बोल्दै संस्कृत भाषा धेरै सहज भएको र एउटा वाक्यपनि धेरै किसिमले बोल्न सकिने बताए । उनले धेरै अंग्रेजी शब्दहरु जस्तो ‘ब्रदर’ र ‘काउ’लाई संस्कृतबाट लिइएको जनाउँदै उनले यो भाषाको प्रवद्र्धनले अरु कुनै भाषालाई असर नगर्ने जनाए । (टाइम्स अफ इन्डिया)