site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फासीवादी पार्टीको पेज पुनःस्र्थापना गरिदिन फेसबुकलाई अदालतको आदेश, नभए दैनिक ८ सय युरो जरिबाना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रोम । इटालीको एक अदालतले फासीवाद पक्षधर कासा पाउण्ड पार्टीको फेसबुक पेज पुनःस्र्थापना गरिदिन फेसबुकलाई आदेश दिएको छ । इटालीको राजनीतिमा सामाजिक सञ्जालको प्रभावलाई ध्यान दिँदै सो आदेश दिइएको जनाइएको छ ।

अमेरिकी कम्पनी फेसबुकले हेट स्पीच (घृणाको अभिव्यक्ति)लाई कारण बताउँदै सो पार्टीको फेसबुक र इन्स्ट्राग्राम पेज ब्लक गरिदिएको थियो । तर, इटालीको अदालतले समानताको आधारभूत सिद्धान्तअनुसार त्यसो गर्न नमिल्ने जनाएको छ । सो अदालतले उक्त पार्टी पनि इटालीको संविधान अनुसार नै खुलेको उल्लेख गरेको छ ।
फेसबुकले सो पार्टीलाई प्रतिबन्ध लगाउँदा एउटा राजनीतिक पार्टी राजनीतिक  वादविवादमा सरिक हुनबाट बञ्चित हुनु परेको अदालतले उल्लेख गरेको छ ।

इटालीका सबैजसो पार्टीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना सन्देश दिने गरेको स्मरण गराउँदै सो अदालतले उक्त आदेश उल्लंघन भएमा प्रति दिनको ८०० युरो जरिवाना तिर्नुपर्ने समेत जनाएको छ । यसैगरी फेसबुकलाई कानुनी शुल्कको लागि १५ हजार युरो तिर्न समेत निर्देशन दिएको छ । 
२ लाख ४० हजार फलोअर्स रहेको कासा पाउन्ड पार्टीको पेज फेसबुकले गएको सेप्टेम्बर महिनामा  ब्लक गरेको हो । (एजेन्सी)
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ०८:२५
प्रतिक्रिया दिनुहोस्