site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा चर्कियो नागरिकता विवादः असममा दुई प्रदर्शनकारीको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुवाहाटी । भारतको असमको गुवाहटीमा नागरिकता संशोधन विधेयकको विरुद्धमा भएको प्रदर्शनका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ ।  असमका पुलिसका महानिर्देशक भाष्कर ज्योति महन्ताले बीबीसीसँगको कुराकानीमा झडपका क्रममा केही प्रहरी अधिकारीहरु पनि घाइते भएको जनाएका छन् ।
प्रहरीले प्रदर्शनकारीको मृत्यु प्रहरीको गोलीबाट भएको भनेर औपचारिक रुपमा भने बताउन चाहेको छैन । 

यद्यपि उनीहरुको मृत्यु प्रहरीको गोलीबाट नै भएको अनुमान गरिएको छ । प्रहरी अधिकारीले दुवै प्रदर्शनकारीको मृत्यु बुलेट इन्जुरीले भएको मात्रै बताएका छन् ।  उनीहरुलाई कसरी गोली लाग्यो भनेर जाँच गर्ने काम भएरहेको उनले बताए  ।  

पीटीआईले गुवाहटी मेडिकल कलेज तथा हस्पिटलका अधिकारीहरुलाई उद्धृत गर्दै बताएअनुसार एक जनाको मृत्यु अस्पताल लैजानुअघि नै र एक जनाको अस्पतालमा उपचारका क्रममा भएको हो । बिहीबार असममा आन्दोलन निकै चर्किएको थियो । (बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ०७:४३
प्रतिक्रिया दिनुहोस्