site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कर्मचारीहरुलाई ‘सप्राइज’ स्वरुप १ करोड बराबर बोनस दिइएपछि 

एजेन्सी । अमेरिकाको मेरिल्यान्डस्थित घरजग्गासम्बन्धी एक रियल स्टेट कम्पनीले वार्षिक पार्टीमा सबै कर्मचारीहरुलाई एउटा रातो खाम बाँड्यो । 

कसैलाई केही खबर नदिइ बाँडिएको सो खामभित्र त्यति ठूलो उपहार हुन सक्छ भन्ने कसैले अपेक्षा गरेका थिएनन् । यस्तोमा १९८ कर्मचारीहरु उपस्थित रहेको सो पार्टीले अचानक भावुक मोड लिएको हो । यसरी कम्पनीले सबैलाई आश्चर्यजनक रुपमा ठूलो बोनस प्रदान गरेपछि कर्मचारीहरु दङ्ग परेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा कम्पनीले झन्डै १ करोड बराबरको उपहार बाँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबारेमा असिस्टेन्ट प्रोजेक्ट म्यानेजर स्टेफनी रिजवेले भनिन्, “जब मैले खाम खोलेँ, मैल विश्वास नै गर्न सकिनँ । मलाई मेरो आँखामा विश्वास लागेन र म त्यो बेलाको भावना शब्दमा बयान गर्न पनि सक्दिनँ । किनकि वास्तवमै यो घटनाले हाम्रो जीवन बदलिदिएको छ ।” 

३७ वर्षीया रिजवे सो कम्पनीमा पछिल्लो १४ वर्षदेखि काम गरिरहेकी थिइन् र उनले आफ्नो बोनस छोराछोरीको कलेज पढाइका लागि खर्च गर्ने बताएकी हुन् । त्यस्तै घरको मर्मत गर्नमा र शेयरमासमेत लगानी गर्ने उनले खुसी हुँदै बताइन् ।

यसबारेमा जोन प्रपर्टिजका प्रमुख, लरेन्स मेक्रान्ट्जले सीएनएनसँग बताएअनुसार कम्पनीले २ करोड बर्ग फिटको लक्ष्य हासिल गरि, १४ वर्षमा दुई गुणाले सङ्ख्या बढाएर उल्लेखनीय उपलब्धी हासिल गरेको छ । त्यसैले सबै मिहिनेती कर्मचारीलाई सो उपहार प्रदान गरिएको हो । उनी भन्छन्, “हामी सो लक्ष्यसम्म पुग्नमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्न केही ठूलो कार्य गर्न चाहन्थ्यौँ । ”

यसमा कर्मचारीहरुले कम्पनीमा काम गरेको वर्ष अनुरुप बोनस प्राप्त गरेका हुन् । जसमा सबैभन्दा धेरै २ लाख ७० हजार डलरसम्मको बोनस थियो भने काम गर्न सुरु पनि नगरेका भर्खर नियुक्त गरिएका कर्मचारीले १०० डलर प्राप्त गरेका हुन् । मेक्रान्ट्जले फेरि भने, “मैले आफ्नो जीवनमै यस्तो माहोल कहिल्यै अनुभव गरेको थिइनँ । त्यहाँ सबै अत्यन्तै भावुक भइ रुँदै, कोही हाँस्दै त कोही अंगालो हाल्दै बधाई दिइरहेका थिए । र सबैले हामीलाई धन्यवाद दिँदैगर्दा आफूले सो पैसा के गर्ने भन्नेबारे आ–आफ्नो कथा पनि सुनाएका हुन् । हाम्रो यस उपहारकै कारण कोही ऋणमुक्त बन्नेछन् भने कतिले क्रेडिट कार्डको बिल तिर्न सक्नेछन् । जसकारण हामी अत्यन्त खुसी छौँ । ”

आठ फरक ब्रान्च भएको यस सेन्ट जोन प्रपर्टिजले कम्पनीको इतिहासमै पहिलोपटक स्टेट बाहिर आयोजना गरेको वार्षिक पार्टीमा सम्पूर्ण अतिधिको होटलदेखि हवाइ खर्च समेत बेहोरेको हो । मेक्रान्ट्ज भन्छन्, “हामीलाई आफ्ना कर्मचारीहरुप्रति अत्यन्त गर्व छ । किनकि उनीहरु नै यसको सफलताका कारण र एकमात्र आधार हुन् । त्यसैले हामी उनीहरुको जीवनमा केही उल्लेखनीय योगदान पुर्‍याउन चाहान्थ्यौँ जसमा हामी सफल भयौँ ।” सीएनएन 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ०६:१९
प्रतिक्रिया दिनुहोस्