site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । सुरक्षाका दृष्टिकोणले वर्ष २०७३ सुखद वर्ष नै रह्यो । प्रहरीले पनि यसलाई सुखद वर्षकै रुपमा मानेको छ ।
तुलनात्मक रूपमा यो वर्ष यसअघिका वर्षमा जस्तै ठूला अपराध भएनन्, भएका अपराधको पनि प्रहरीले सफल अनुसन्धान गरेको दाबी गर्छ ।
यो वर्ष राज्यमा लुकेका केही संगठित अपराधलाई समेत प्रहरीले बाहिर ल्याएर दोषीहरूलाई कारबाहीको दायरामा ल्यायो । 
त्यस्ता १० घटना हुन् जसले सबैको ध्यान तान्यो 

१) वर्ष २०७३ सकिनै लागेको थियो । चैत २९ गते मंगलबार काठमाडौंको गौरीघाटस्थित एउटा पार्टी प्यालेसको गेटमै गोली चल्यो । अज्ञात व्यक्तिको गोली लागेर गुण्डा नाइके दाबा लामा घाइते भए । 

२) यो वर्ष मिटर उल्टो घुमाएर विद्युत चोरीमा सघाउ“दै आएका विद्युत प्राधिरणका २३ जना कर्मचारीलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लियो । महाशाखले गरेको अपरेसरनमा विद्युत चोरीमा कर्मचारी नै सक्रिय भएको सम्भवतः यो पहिलो घटना थियो ।

KFC Island Ad
NIC Asia

३) २०७३ को ‘हाइ प्रोफाइल’ मर्डरमा पर्दछ दुर्गा तिवारीको हत्या । गत ४ पुसमा युवा संघ रूपन्देहीका अध्यक्ष तिवारीको हत्या भयो । यो घटनाको अनुसन्धानमा प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ ।

४) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली डाक्टरविरुद्ध चलाएको अपरेसन पनि यो वर्ष निकै चर्चामा रह्यो । प्रमाणपत्र खरिद गरेर डाक्टर बनेकाहरुमाथि सीआइबीले चलाएको अपरेसनमा थुप्रै नक्कली डाक्टर प्रहरी फन्दामा परे । 
५) यो वर्ष प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले निकै चर्चित घटना सार्वजनिक ग¥यो । यसमा मुख्य गरी औषधि कम्पनीहरूबाटै वर्षौंदेखि हुँदै आएको लागुऔषधको अवैध धन्दा बाहिर ल्यायो । देशका चर्चित व्यवसायी पवन संघाई, पूर्वसभासद् मधुसूदन अग्रवाललगायतका व्यक्तिहरूले चलाएको औषधि कम्पनीले नियन्त्रित रसायन सिउडो इफ्रेडिन औषधि बनाउन भनेर आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोवारी गिरोहलाई बिक्री गर्दै आएको खुल्यो ।

Royal Enfield Island Ad

६) वर्ष २०७१ मा विमानस्थल हुँदै ल्याइएको ३३ किलो सुन तस्करी प्रकरणले निकै चर्चा बटुल्यो । पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन प्रकरणमा कर्मचारी र प्रहरीकै मिलेमतोमा संगठित रूपमा भइरहेको सुन तस्करीको पर्दाफास भयो । यो प्रकरणमा एसएसपीदेखि भन्सारका कर्मचारी समेत मुछिए । तर न्युरोडका मुख्य व्यापारीलाई छुटकारा दिएर प्रहरीले भरीयालाई मुख्य दोषी बनायो । 

७) वर्षको अन्यतिर नै प्रहरीले अर्को ठुलै उपलब्धी हात पा¥यो । करिब २ वर्षपछि नेपालको रुट प्रयोग गरेर हुन लागेको भारतीय नक्कली नोट नेपाल प्रहरीको नजरबाट छिप्न सकेन । यसपटक एक करोड भारुसहित पाकिस्तानी भरिया मात्रै पक्राउ परेनन्, नेपाली एजेन्टहरुसमेत कारवाहीको दायरामा आएका छन् । नेपाल प्रहरीको विशेष ब्युरोले गरेको अपरेसनमा १ करोड भारतीय नक्कली नोटसहित एक पाकिस्तानी र ५ जना नेपाली पक्राउ परेका थिए । 

८) नक्कली डाक्टर, नक्कली इन्जिनियर हँुदै नक्कली पाईलट समेत पक्राउ परे । यो वर्ष ‘अप्रेसन हक’ मार्फत सिआईवीले गोमा एयरका विशाल कार्की र बुद्ध एयरका को–पाइलट स्वच्छन्द घलेलाई पक्राउ गरी अनुसन्धान अघि बढायो जसले सबैको ध्यान केन्द्रित गर्यो ।

९) तस्करहरुको नेपाल केन्द्रबिन्दु हो भन्दा परक पर्दैन । यो वर्ष ह्याकरहरूले समेत नेपाललाई ट्रान्जिट बनाएको खुल्यो । अरुको एटीएमको पिन चोरेर भिजिट भिषामा नेपाल आएर नेपाली बैंक प्रयोग गरी रकम झिक्ने गिरोह मात्र हैन ह्याकर समेत पक्राउ परे । स्वदेशी तथा विदेशी गरी प्रहरीले एक दर्जन भन्दा बढी ह्याकरलाई नियन्त्रणमा लियो । 
१०) चैत १५ गते  नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्या अज्ञात समुहले ढुङगाले हानेर गर्यो । त्यसको केहि दिनमा नै प्रहरीले हत्या विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला कार्यसमितिका सदस्य पक्राउ गरेको थियो । प्रहरीले हत्यामा संलग्न ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको थियो ।
बोक्सीको आरोपमा हुने दुव्र्यवहार, दाइजो नपाएको निहु“मा कुटपिट, यौन दुव्र्यहार लगायत महिला हिंसाका घटना पनि यसवर्ष दोहोरिए । साइवर क्राइमका घटना बढेको पाइयो । व्लाकमेलिङ, इमेलमा आउने धम्की, कम्प्यूटरको सूचना चोरी, गोपनियता भंग, एटीएमबाट पैसा चोरी लगायतका घटना पनि यो वर्ष खुबै भए । यता अपराध अनुसन्धान र शान्ति सुरक्षामा यो वर्ष प्रहरी सफल भए पनि संगठनका लागि भने ०७३ मा इतिहासमै खराब वर्ष बन्न पुग्यो । प्रहरी महानिरीक्षक बढुवामा अस्वस्थ चलखेल र राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन अस्तव्यस्त र कमजोर बन्न पुग्यो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०७४  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro